धरान / लामो समयपछि पोखरेली व्याण्ड कन्दरा पूर्वको तीन सहरमा गुञ्जिएको छ ।
पोखरेली व्याण्ड कन्दराले पूर्वेली फ्यानलाई आफ्ना चर्चित गीतमार्फत् मुग्ध पारे । पूर्वको दमक, विर्तामोड हुँदै धरान आइपुगेको कन्दराले माहौल तताएको थियो ।
शुक्रबार दमकका फ्यानलाई मुग्ध पारेको कन्दराले शनिबार राति धराने दर्शकलाई मनोञ्जन प्रदान गरे । दमक–२ स्थित ‘हार्मो बाल आश्रम’ को भवन निर्माण सहयोगार्थ कन्दराको ‘कन्दरा लाइभ इन कन्सर्ट’ भएको हो ।
दमकमा नगरपालिकाका प्रमुख रोमनाथ ओलीले पनि कन्दराको गीतमा आनन्द लिए । त्यसक्रममा उर्लाबारीको सेन्ट्रल फेसन हबले फेशन प्रस्तुत गरेको थियो ।
व्याण्डका गायक बिबेक श्रेष्ठ  ‘के पहाड के तराई के हिमाल एउटै नेपाल’ भन्दै स्टेज चढे । दमकमा १५ वर्षपछि झुल्किएको व्याण्डले बिदेशिएर गइन उनी, चञ्चले कान्छी, तिमी पारी त्यो गाउँमा , भेडीगोठैमा , हङ्कंङ पोखरालगायतका एकदर्जन गीत प्रस्तुत गरे ।
लामो समयपछि कन्दराको गीत सुन्न पाएका दमकका फ्यानले उनको गीतलाई स्वरमा स्वर भर्दै मनोरञ्जन लिए । शनिबार विर्तामोडको कार्यक्रम सकेर धरान आइपुगे
को टोलीले  धराने फ्यानलाई भरपूर मनोरञ्जन गराए । धरानमा १९ वर्षपछि व्याण्डले प्रस्तुति दिएको हो ।
सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापन तथा हाम्रो बाल आश्रमको आयोजनामा कार्यक्रम भएको हो । नेपाल आइस बियरको प्रायोजनमा कार्यक्रम भएको थियो ।