पानवारी /दोस्रो वराह मिस प्लस टुको ताज सङ्गीना श्रेष्ठले जितेकी छन् । २२ प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि जितेकी उनले ४५ हजार रुपैया नगदसहित १५ लाख बराबरको दुर्घटना बिमा हात पारिन् ।
उनले मिस भ्युअर्स च्वाइस र मिस पर्सनालिटीको टाइटलसमेत जितेकी छन् । ज्योति लाइफ इन्सुरेन्सबाट १५ लाख बराबरको बिमा दुर्घटना र धरान फिटनेस क्लबबाट एक वर्षे निःशुल्क फिटनेस कोर्ष प्राप्त गरेकी छन् ।
सोनु मगर फस्ट रनरअप बन्दा दिपिका गुरुङ सेकेण्ड रनरअप भइन् । मगरले मिस डायनामिकको टाइटल अवार्ड पनि जितिन् ।
उनले नगद २५ हजार, ज्योति लाइफ इन्स्युरेन्सबाट १० लाख बराबरको दुर्घटना बिमा प्राप्त गरिन् । सेकेन्ड रनरअप गुरुङले नगद १५ हजार रुपैयाँसहित ५ लाख बराबरको दुर्घटना बिमा प्राप्त गरिन् ।
टाइटलतर्फ मिस ट्यालेन्ट सुजिता राई, मिस डिसिप्लिन सोना राई, मिस फ्रेन्डशिप र मिस वेस्ट ड्रेस बेरुजा मादेन, मिस वेस्टवक सुप्रिना शेर्पा, मिस स्माइल कृति लिम्बू, मिस व्युटिफुल सविना अधिकारी, मिस फोटोजेनिक प्रोजिता तामाङ, मिस एक्टिभ प्रतिभा श्रेष्ठ घोषित भए ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारी, विग इभेन्ट नेपालका अध्यक्ष सन्तोस राई, मुख्य निर्णायक मिस नेपाल २०१७ की निकिता चण्डक, निर्णायक व्लाष्ट टाइम्स दैनिकका प्रवन्ध निर्देशक तथा सम्पादक किशोरकुमार कार्कीलगायतको उपस्थिति रहेको थियो ।
अघिल्लो वर्षदेखि शुरु भएको प्रतियोगिताको फाइलन शनिबार राती सभागृहमा भएको थियो ।