यासोक । पाँचथरको कुम्मायक गाउँपालिका केन्द्रमा रहेको ऐतिहासिक कुम्मायक धार्मिक स्थलको सरसफाई गरिएको छ । खेलकुद र अन्य परोपकारको क्षेत्रमा काम गर्दै आएको कुम्मायक स्पोटिङ क्लवको सकृयतामा उक्त धार्मिक स्थल सरसफाई गरिएको क्लवका अध्यक्ष रोहन घिमिरेले बताए । समय–समयमा मन्दिरको सरसफाई नभए आसपासको बातावरण दुषित हुने भएकाले आफ्नो क्लवले सरसफाई गरेको हो । उनले भने, सर्वजनिक सरोकारको बिषयमा क्लव र संघसस्थाहरुले सम्पदाको संरक्षण गर्नुपर्छ । गाउँपालिकामा छोटो समयमा दर्ता भएको कुम्मायक स्पोटिङ क्लवले खेलकुद क्षेत्रमा बिभिन्न कृयाकलाव गर्दै आएको छ । चाडपर्वको अवसरमा गाउँपालिका स्तरीय आमन्त्रण गोल्डकपको आयोजना गर्ने क्लवले बताएको छ । त्यस्तै रञ्जसिंह बोहोरा स्मृति प्रतिष्ठानले पनि सोही धार्मिक स्थलको सरसफाई गरेको छ । प्रतिष्ठानका सञ्चालक, नरेन्द्र बोहोरा लागायतका सदश्यहरुले मन्दिर परिसर सरसफाइ गरेको हो । मन्दिर सरसफाइलाई निरन्तरता दिने सञ्चालक बोहोराले बताए । कुम्मायक गाउँपालिकामा २ बर्षदेखि प्रतिष्ठानले एम्बुलेन्स सेवा संचालन गर्दै आएको छ ।