पाँचथर । घुमघाम र रिफ्रेसका लागि धेरैको रोजाइमा पर्ने ठाउँ हो माझिटार । कलकल बग्ने तमोर नदी र हेंवा खोला किनारामा रहेको माझिटार त्यसै पनि सुन्दर छ । पाँचथर–तेह्रथुम सिमामा रहेको यो ठाउँमा केही तामाङ र माझि समुदायको बसोबास छ । त्यसैले भनिएको हो यसलाई– माझिटार । पहिले पाँचथरका अधिकांश र तेह्रथुमको आठ्राइ क्षेत्रका बासिन्दा पैदलमार्ग भएर आवत–जावत गर्दाको बिसौनि थियो माझिटार । अहिले मध्यपहाडि लोकमार्ग अन्तर्गत तमोर नदीमा मोटरेवल पुल बनेपछि दैनिक दर्जनौं सवारी साधन ओहोर–दोहोर गर्छन् माझिटार हुँदै । पाँचथर सदरमुकाम फिदिमदेखि १३ किलोमिटर दुरीमा रहेको माझिटारमा शुक्रबार र शनिबार आन्तरिक पर्यटकको भीड लाग्छ । जिल्लाबाहिरबाट फिदिम आउँने अधिकांश आगन्तुक तमोरको चिसो हावा सँगै लोकल माछाको स्वाद लिंदै नागबेली भएर बगेको तमोर नदीलाई धित मरुञ्जेल नियाल्न माझिटार पुगेरै फर्किन्छन् । त्यसैले पछिल्लो समय माझिटार गजवको गन्तब्य बन्दै गएको छ । तर यति सुन्दर माझिटारमा व्यवस्थित होटल, रेष्टुरेन्ट नहुँदा आउने–जानेले असुबिधा महसुस गर्दै आएका छन् । यहीं आवस्यक्तालाई महशुस गरेर फिदिमका दुई युवाले माझिटारमा तमोर रिसोर्ट सञ्चालनमा ल्याउने तयारीलाई अन्तिम चरणमा पु¥याएका छन् । फिदिम–२, का युवा बरुण तुम्बापो र निराजन श्रेष्ठले २५ लाख लगानि गरेर मिनि तमोर रिसोर्ट सञ्चालनमा ल्याउन लागेका हुन् । सञ्चालकमध्येका बरुणले भने– ‘हामी पनि यहाँ घुम्न आइरहन्थ्यौं, तर रामरी बसेर खानेसम्म व्यवस्था नहुँदा दुःख लाग्थ्यो ।’ उनले थपे– ‘त्यसैले सेवा सँगै व्यवसाय पनि गर्ने उदेस्यले यो काम थालेका हौं ।’ रिसोर्ट सञ्चालनका लागि उनीहरुले जग्गा भने लिजमा लिएका हुन् । रिसोर्टबाट दशैं अघिदेखि सेवा सूचारु गरिने उनले बताए । तत्काललाई खाना, खाजा, बास, फेमिलियर रेष्टुरेन्ट लगायतका सेवा उपलब्ध गराइने उनको भनाई छ । यसै वर्षभित्र चिल्ड्रेन पार्क, स्वीमिङ पुल, बल्छि खेल्न रुचाउनेका लागि माछा पोखरी (फिसिङ पुल) लगायतका सुबिधा उपलब्ध गराउने लक्ष्य रहेको सञ्चालक श्रेष्ठले बताए । त्यस्तै सम्बद्ध क्षेत्र र निकायसँगको सहकार्यमा तमोर नदीमा तीन किलोमिटर सम्मको मिनि ¥याफ्टीङ सेवाका लागि समेत आफूहरुले सोच बनाएको उनले बताए ।