सिरहा । सिरहा जिल्लामाा अवैध रुपमा भारतबाट नेपाल ल्याउदै गरेको अवस्थमा सिरहाको हरकट्टिमा हजारौँ मूल्य बराबरको कुखुराको चल्ला नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय हरकट्टिले राति भारतर्तिरबाट केही तस्करहरुले अवैध रुपमा ल्याउँदै गरेको कुखुरा बरामद गरेको छ । औरही गाउँपालिका १ हनुुुमान मन्दिर नजिकबाट २० हजार मुुुुल्यका कुखुराको चल्ला बरामद गरिएको हो । भारतको लदनियावाट नेपालतर्फ ठूलो परिमाणमा कुखुराको चल्ला आउँदै गरेको सूचनाको आधारमा चेकजाँच गर्दा स २ प ४८८१ नम्बरको सिटि १०० मोटरसाइकलमा कुखुराको चल्ला ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरीलाई देखेपछि तस्करहरू कुखुरासहितको मोटरसाइकल छोडेर भारततर्फ भागेका छन् । बरामद गरिएको कुखुरालाई पशु क्वारेन्टाइन कार्यालयको डाक्टर चन्द्र किसोर यादव ,वडा अध्यक्ष सुुरैतलाल ठाकुुर, स्थानीय उपस्थितिमा इलाका प्रहरी कार्यालय हरकट्टिमा खाल्डो खनेर पुरिएको इलाका प्रहरी कार्यालय हरकट्टिका ईन्चार्ज सत्यनारायण साहले बताएका छन् ।