मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचर्यले जेस्ठनागरिक हरु समाजको गहना र इतिहाँस भएको बताएकाछन । विश्व जेष्ठ नागरिक दीवसको अवसर पारेर गाउँपालिकामा रहेका जेष्ठ नागरिकहरुलाई घरघरमा गएर गरेको सम्मान कार्यक्रममा बोल्दै आचार्यले सो कुरा बताएका हुन ।

सोमबार विश्व जेष्ठ नागरिक दीवसको अवसरमा मिक्लाजुङ गाउँपालिकाका ९३ बर्ष भन्दा बढी उमेरका सात जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवी प्रसाद आचार्यले बताए । जेष्ठ नागरिकरुलाई हिडढुल गर्न समेत गाहों हुने भएकाले घरघरमा पुगेर सम्मान कार्यक्रम गरिएको आचार्यले बताए ।

सम्मानीत हुनेमा मिक्लाजुङ गाउँपालिकाकै जेष्ठ नागरिक मिक्लाजुङ–२ की १०२ बर्षीय गोमा देवी बाूतोला, मिक्लाजुङ–४ की १०० फुलमाया तामाङ, मिक्लजुङ–६ की ९९ बर्षिय देवी माया दर्जी , मिक्लाजुङ ७ का ९३ बर्षिय लोक बहादुर लिम्बु, मिक्लाजुङ–९ का ९४ बर्षीय तिलक बहादुर बस्नेत, मिक्लाजुङ–६ का ९६ बर्षिय कर्ण बिर राई र मिक्लाजुङ–४ का ९४ बर्षिय डम्बर लिम्बुलाई सम्मान गरिएको मिक्लाजुङ गाउँपालिकका स्वाथ्य युनिट प्रमुख चिन्तामणी पोख्रेलले बताए ।

जेष्ठ नागरीकहरुलाई दोसल्लाहा, मिस्ठान्न परिकार, हरलेक्स लगायतका पौष्टिक आहार र जनही एकहजार नगद प्रादान गरिएको थियो । सम्मानीत जेष्ठ नागरिकरुले गाउँपालिकाले आफुहरुलाई सम्मान गर्दा अत्यान्तै हर्सित र खुसी लागेको प्रतिकृया दिएका थिए । सम्मान कार्यक्रममा मिक्लाजुङ गा.पा. उपाध्यक्ष सरला राई, प्रमुख प्रशासकिय अधिकृत युवराज आचार्य, मिक्लाजुङ गा.पा. स्वास्थ्य युनिट, महिला बालबालीका शाखा र मिक्लाजुङका संञ्चारकर्मी हरुको उपस्थिती रहेको थियो ।