रङ्गेली । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अवसरमा सोमबार सुन्दर हरैचा नगरपालिकाले एक सय दुई वर्षीय रामवहादुर कुमार दनुवार र एक सय १० वर्षीय महेश्वरा अधिकारीलाई जेष्ठ नगरपिता र नगरमाता रुपमा घोषणा गरेको छ । एक नम्वर प्रदेश प्रमुख प्रा डा. गोविन्दवहादुर तु्म्वाहाङ र नगरप्रमुख शिवप्रसाद ढकालले दुवैलाई कदरपत्र तथा ११ हजार रुपैया सहित दोसल्ला ओढाई सम्मान गरेका थिए । सो अवसरमा नगरका १२ वटै वडाका २४ जना जेष्ठ नागरिकहरुलाई सम्मानित गरिएको थियो । कार्यक्रममा वोल्दै प्रमुख प्राडा.तु््म्वाहाङले जेष्ठ नागरकि राष्ट्रका धरोहर भएकाले विद्यालयस्तरमा जेष्ठ नागरिकहरुलाई सम्मान तथा आदर गर्ने पाठ्यक्रम राख्न् पर्नेमा जोड दिए । उनले छोराछोरीले आफनो परिवारमा रहेका जेष्ठ नागरिकलाई सम्मान र माय दिनु पर्ने वताए । सु्न्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले नगरपालिकाले जेष्ठ नागरिकहरुलाई सहजरुपमा सामाजिक सुरक्षा भत्ता घरदैलोमा उपलव्ध गराउने व्यवस्था नगरपालिकाले गरेको वताए । उनले जेष्ठ नागरिकालागी नगरपालिकाले वजेट छुटयाएर १२ वटै वडामा जेष्ठ नागरिक चौतारा निमार्ण गरेको वताए । जेष्ठ नागरिकहरुको शिप र अनुभवलाई सही रुपमा प्रयोग गर्दैै नेपाल सरकारको समवृद्धि नेपाल र शुखि नेपालीकोे नारालाई पुरागर्न सकिने वताए । जेष्ठ नागरिक समाज सु्न्दरपुर हरैचाका अध्यक्ष रामकुमार कार्कीको सभापत्त्विमा भएको उक्त कार्यक्रममा उपप्रमुख धनमाया तामाङ,कार्यकारी अधिकृत राजेन्द्र भटराई र नेकपा नगरपालिकाका अध्यक्ष केदार गुरागाईले जेष्ठ नागरिहरुलाई सवैले आदर र सम्मान गर्नु पर्नेमा जोड दिए । नगरपालिका ६० वर्ष माथिका ९ हजारभन्दा वढि जेष्ठ नागरिकको रहेको कार्यक्रममा जानकारी गदिए ।