पथरी । मोरङ पथरीशनिश्चरे–१, मा स्थापना भएको लायन्स क्लब अफ पथरी योङ हार्टले पथरीबजारमा फोहोर फाल्ने डस्बिन राख्ने भएको छ । सोमबार पथरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबले वडा नं. १ र २ मा ४६ हजार बराबरको १४ वटा डष्टविन बजारको १४ स्थानमा राखेर फोहोर संकलन गर्ने भएको हो । पथरीको मन्दिर लाईन, शिखर चौक,बुद्ध चौक,लोकतान्त्रिक चौक,पशुपति चौक, रत्न चौक,यलम्बर चौक,सुनाखरी चौक,ट्याक्सी स्टेन,कौशिला सुनचाँदी पसल चौक,पथरी बहुमुखी क्याम्पस हाता भित्र, स्वास्थ चौकी, इलाका प्रहरी कार्यालय र पथरीशनिश्चरे नगरपालिकाको कार्यालयमा १६ गते मंगलबार बिहान देखि डस्बिन राखिने आयोकले जनाएको छ । तेलको ड्रम संकलन गरी रंगरोकन गरेर तयार पारिएको आकर्षक डष्टविन राख्न लागिएको हो । पथरीबजारलाई सुन्दर,शान्त र फोहोर मुक्त बनाउन यो काम थालिएको गणेश वान्छाना राईले बताए । कार्यक्रममा डष्टविन राख्ने बारेमा प्रेसिडेन्ट लायन केदार बोहोराले प्रस्टाएका थिए । भने स्वागत मन्तव्य दिदै लायन्स क्लबको बारेमा सर्वलाल राईले राखेका थिए । तीन महिना अघि स्थापना भएको क्लबले समाजमा बिभिन्न सामाजीक कामहरु गर्दै आएका छन् । जस्मा धड्कन राई बचाउ अभियानमा ९० काटुन पानी,साउन १७ गते सुजनशील युवा समूहसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरी ४० पिन्ट रगत संकलन, साउन २५ गते विश्वनाथ संस्कृत विद्यालयमा वृक्षारोपन,साउन २८ गते पथरी बहुमुखी क्याम्पसको जग्गामा बृक्षारोपन जस्ता कार्यक्रमहरु लायन्स क्लब अफ पथरी योङ हार्टले गरिसकेका छन् ।