वि.सं. २०७५ साल असोज १६ गते। मंगलबार। इश्वी सन् २०१८ अक्टोबर २ तारिख।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने शुभचिन्तक तथा सहयोगीहरू कमै भेटिनेछन्।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) चिताएको काम रोकिए पनि रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) व्यापार बढ्नेछ भने पहिले रोकिएको काम बन्नेछ। साझेदारीबाट लाभ मिल्नुका साथै जिम्मेवारी पनि बढ्नेछ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। सानातिना व्यवहारमै अल्झनुपर्नेछ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। सानो प्रयत्नले धेरैको भलाइ हुन सक्छ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) रमाइलो परिवेशमा पनि जीवनशैली व्यस्त रहनेछ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। शुभचिन्तकहरू समेत टाढा हुने समय छ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। प