रङ्गेली/बरिष्ठ राजनीतिज्ञ तथा सामाजिक व्यक्तित्व भरतमोहन अधिकारीलाई प्रदेश नं. १ का तर्फबाट नागरिक अभिनन्दन गरिने भएको छ ।
जेष्ठ नागरिक दिवसको सन्दर्भमा उनलाई नागरिकको तर्फबाट अभिनन्दन गर्न लागिएको हो ।
नागरिक भेलाले एलिट क्लब विराटनगरका अध्यक्ष डा. भेषप्रसाद धमलाको संयोजकत्वमा मुल समारोह समिति गठन गरेको छ । डा. धमलाकै सयोजकत्वमा ३१ सदस्यीय कार्य सम्पादन समिति समेत गठन गरिएको छ ।
कार्य सम्पादन समितिको आइतबार सम्पन्न बैठकले बिभिन्न आठवटा उपसमितिहरू गठन गरेको छ ।
राष्टूपति बिद्यादेवी भण्डारीको प्रम’ख उपस्थितिमा नागरिक अभिनन्दन गरिने भएको हो ।