तेह्रथुम/ जिल्ला प्रहरी कार्यालयले जबरजस्ती करणीको अभियोगमा संलग्न ४ जना अभियुक्तसहित ११ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले २ महिनाको अवधिमा विभिन्न कसुरमा सजाय पाई फरार रहेका ११ जना अभियुक्तलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सौतेनी छोरीलाई जबरजस्ती करणी गरेर गर्भवती बनाई एक वर्षदेखी फरार लालीगुरास नगरपालिका–३ का शंकर थापालाई रहेका छन् ।
उनलाई काठमाडौस्थित गौशाला क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
जबरजस्ती करणी उद्योगमा आठराई गाउँपालिका–६ चुहानडाँडाका निश्चल मोक्तान, मोरङ कानेपोखरी गाउपालिका–५ बयरवनका दिपेश कार्की र फेदाप गाउपालिका–१ सिम्लेका अमरबहादुर लिम्बुलाई पक्राउ गरिएको जानकारी दिएको छ ।
विभिन्न स्थानमा लुकिछिपी बसेका अभियुक्तहरुलाई प्रदेश नं. १ प्रहरी र सिआईबीको विषेश सहयोगमा पक्राउ गर्न सफल भएको तेह्रथुमका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
यसै गरि चोरी मुद्धामा ५ वर्ष अघि फैसला भई फरार रहेका आठराई गाउपालिका-१ थोक्लुङ बस्ने जय नारयाण चौलागाई, सार्बजनीक अपराध मुद्धामा २ बर्ष अघि फैसलाभई फरार रहेका फेदाप गाउपालिका–५ का भिम बहादुर कार्की, बालबिबाह मुद्धामा फरार म्याङलुङ नगरपालिका–६ का लक्ष्मण सिवा, बहुबिबाह अभियोगका आठराई गाउपालिका–३ का कृष्णबहादुर गुरुङलाई पक्राउ गरिएको जनाएको छ ।
यस्तै कुटपिट गरेको अभियोगमा छथर गाउपालिका-५ ओख्रेका टंक बहादुर भण्डारी , कुटपिटकै म्याङलुङ-१ का लाक्पा सेर्पा र दावा सेर्पा,कर्तब्य ज्यान मुद्धामा ७ बर्ष अघि फैसला भई फरार आठराई गाउपालिका-४ का डबल घिसिङलाई प्रहरीले पक्राउ गरेको छ ।