इटहरी /  गत शुत्रबारदेखि वेपत्ता भएका इटहरी ११ का १६ बर्षिय इन्ताज खानको मंगलबार हत्या गरी फालिएको अबस्थामा शव फेला परेको छ । उनको शरिरको आधा भाग काटिएको र शव ढडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । खनारस्थित बुढी खोला किनारको धान खेतमा अनुहार र शरिर डढेर कालो भएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । शरिरमा भएको कपडा पूर्णरुपमा जलेको छ । मृतक शुक्रबारदेखि वेपत्ता भएका थिए । उनको खोजीमा प्रहरीसमेत परिचालन गरिए पनि हालसम्म पत्ता लगाउन सकेको थिएन । मैले प्रहरीलाई वारम्बार छोरासँगको साथीहरु खोजदिनु भन्दा छोरा पनि लागु औषध प्रयोग गर्छ भन्दै हप्काएर पठाएको उनको गुनासो थियो । इलाका प्रहरी कार्यालय इटहरीले उनका ४ जना साथीलाई अनुसन्धानको लागि नियन्त्रणमा लिए पनि आईतबार विहान पक्राउ गरेर सोमबार छोडेको थियो । इटहरीका डिएसपी शिव श्रेष्ठले भने अनुसन्धान गरिरहेको बताएका छन् । घट्नाबारे अनुसन्धान भईरहेको उनले बताए ।