रङ्गेली / प्रदेश १ का प्रमुख प्रा.डा गोविन्दवहादुर तुम्बाहाङले प्रदेश सभाको विभिन्न बैठकबाट पारित भई आएका ३ वटा विद्येयक एकै पटक प्रमाणिकरण गरेका छन । प्रदेश प्रमुखको कार्यालयका सचिव रामकृष्ण गुँरागाईका अनुसार प्रदेश सभाको पछिल्लो छलफलले विपत व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको विद्येयक, सामाजिक विकास विद्येयक र प्रशासकीय कार्य विद्यि (नियमित गर्ने) सम्वन्धमा बनेको विद्येयक २०७५ मंगलबार प्रमाणिकरण भएको हो । नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख तुम्बाहाङले ३ वटा विधेयकको प्रमाणिकरण गरेको प्रदेश प्रमुख कार्यालयका सचिव गुँरागाईले जानकारी दिए । ३ वटा विद्येयक प्रमाणिकरण पछि दैवी विपत्ती ,सरकारी तथा गैर सरकारी संस्था दर्ता र नियमन गर्ने कानून र प्रशासनीक कार्यको नियमन गर्न प्रदेश सरकारलाई सहज हुने छ । प्रदेश सभा गठन पश्चात प्रदेश सभा—१ ले विभिन्न समयमा बैठकबाट अनुमोदन गरेका १८ वटा विद्येयकहरूको दफाबारे छलफल पछि प्रमाणिकरण भैसकेको छ । महत्वपूर्ण विद्येयक बनिसकेपछि प्रशासनिक तथा अन्य कार्य गर्न प्रदेश सरकारलाई सहज पुगेको हो ।