ताप्लेजुङ / जिल्लाको फुङलिङ नगरपालिका–८ सुकेटार विमानस्थल छेउको थामखर्क जंगलमा एक शिशु बेवारिसे अवस्थामा भेटिएको छ । ।जंगलमा रहेको एउटा गोठमा शनिबार बिहानै लुङ्गी र बर्कोले बेरेको अवस्थामा घाँसको थुप्रोमाथि स्थानीयले शिशु देखेपछि उद्धार गरेका छनु । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी काँशीनाथ रेग्मीका अनुसार स्थानीयले सुकेटार विमानस्थल सुरक्षा गार्डलाई खबर गरे पछि प्रहरी र स्थानीयले विमानस्थलसम्म उक्त शिशुलाई ल्याएका थिए । शिशुलाई जिल्ला अस्पताल ताप्लेजुङमा राखिएको छ । अहिले बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । जिल्ला अस्पतालका प्रमुख डा. सचिन यादवका अनुसार सो शिशु करिव एक हप्ता सम्मको हो । कस्ले वेवारिसे अवस्थामा जंगलमा छाडेको हो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।