इटहरी / सुनसरीको इटहरीमा शुक्रबारबाट लागेको दशैँ किनमेल महोत्सवमा भीड लागेको छ ।  वन उद्योग तथा पर्यटन मन्त्री जगदीश प्रसाद कुसियतले उद्घाटन गरेको महोत्सवमा किनमेल गर्नेहरुको उल्लेख्य उपस्थितिरहेको आयोजकले जनाएको छ । महोत्सव सुरू भएको दोश्रो दिनमै उल्लेखनिय पर्यटकहरूको आगमन भएको आयोजक कमिटि तथा एरीना टेलिभिजनका निर्देशक समिर कार्किले जानकारी दिए ।  नजिकिएको चाडपर्वलाई मध्यनजर गर्दै बिभिन्न मनोरञ्जनात्मक कृयाकलाप र पर्यटन क्षेत्रको प्रवर्दनकालागि सो महोत्सवको आयोजना गरिएको हो ।  उक्त महोत्सवमा हेलिकप्टरबाट ताप्लेजुङको पाथिभारा मन्दिर,भेडेटार हुदैँ कोशी टप्पु, धरान इटहरी लगायत पूर्वका प्राकृतिक मनोरम दृश्यावलोकन गर्न पाइने , घोडचढी ,लगायत मुख्य आर्कषक रहेको छ । साथै महोत्सवभित्र ५० भन्दा बढी स्टलहरू रहेका छन । महोत्सवमा दशैं लक्षित खाधान्न,लत्ता कपडा, जुत्ताचपल,घरेलु उत्पादन , सजावटका सामग्री लगायतका सामग्रीहरू बिक्रीकालागि राखिएको आयोजकले जनाएको छ ।