पानवारी । द बर्गर हाउस चतरा लाइनको पहिलो वार्षिकोत्सव शनिबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । धरान–१२ स्थित चतरा लाइनमा रहेको बर्गर हाउसमा भएको वार्षिकोत्सवक कार्यक्रममा बाल आश्रमका बालबालिकालाई खाना खुवाउने तथा सञ्चारकर्मी र विभिन्न दलका नेताहरुसँग बसेर बर्गर हाउसका सञ्चालकले केक काटेर मनाएका थिए । बर्गर हाउसले धरान–३ मा रहेको सरस्वती बाल आश्रमका तीस जना बालबालिकालाई खाना खुवाइएको थियो । नेपाली कांग्रेस एक नं. प्रदेश संसदिय दलका नेता राजिव कोइराला, सांसद चन्द्रप्रसाद श्रेष्ठ, बराह ज्वेलरी इण्डष्ट्रिज प्राजिका अध्यक्ष शिव लामिछाने, ब्लाष्ट टाइम्स दैनिकका प्रधान सम्पादक राजकुमार कार्की लगायतको उपस्थितिमा बर्गर हाउसका सञ्चालकले केक काटेका थिए । बर्गर हाउसका सञ्चालक रेखा विक, प्रदीप रारई र एलिस श्रेष्ठले बर्गर हाउसले धरानमा छुट्टै पहिचान बनाइसकेको बताउँदै आगामी दिनमा अझै स्तरीय सेवा प्रदान गर्ने बताएका थिए । कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले पर्यटकिय शहरको रुपमा पहिचान भएको धरानमा युवाहरुले पर्यटन उद्योगलाई टेवा पुग्ने गरी व्यवसाय सञ्चालन गरिनु सुखद भएको बताए । ब्लाष्ट टाइम्स दैनिकका प्रधान सम्पादक राजकुमार कार्कीले आफ्नो व्यवसाय सञ्चालन गर्दै बर्गर हाउसका सञ्चालकले सामाजिक कार्यमा समेत उत्तिकै जोशका साथ सहभागी भएकोमा खुसी व्यक्त गरेका थिए । फोटो पनि छ ।