धरान  । धरान–६ पानबारीस्थित सामुदायिक वनमा दाउरा काट्ने क्रममा रुखको हाँगाले लागेर शुक्रबार एक व्यक्तिको मृत्यु भएको छ । दाउराका लागि रुख काट्ने क्रममा सोही रुखको हाँगा झरेर धरान–६ का ५० वर्षीय लम्बाथाम आङ्देम्बेको मृत्यु भएको हो । आङ्देम्बेको पोष्टमार्टम गरी परिवारलाई जिम्मा दिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । परिवारले शुक्रबार नै लिम्बू परम्पराअनुसार सदगद गरिसकेको छ ।