पानवारी । राजधानीका विषयमा नेकपा एमाले धरानका नेताहरूले नबाेलेकाे भन्दै चाैतर्फी रूपमा अालाेचना भएपछि नगर अध्यक्ष नारायण सुवेदीले चित्त दुखाएकाे अाशय व्यक्त गरेका छन् ।
उनले फेसबुकमा पाेष्ट गर्दै कलमबिरहरूले कलम चलाउन समेत अाग्रह गरेका छन् । हेर्नुहाेस् अध्यक्ष सुवेदीकाे भनार्इ जस्ताकाे तस्तै ः
धेरै कुराहरूले मन घोच्दो पोल्दो रहेछ अाफैलाई निस्सासिएको महसुस भईरहदाँ तँ बोलिनस भनेर म लगायत सम्पूर्ण पार्टि माथि प्रहार गर्दा भईरहँदा मेरो पनि चित्त दुख्दछ । म धरानमा नै जन्मिएर दुख सुख खोले फाँडो गरेर जीवन निर्वाह गरिरहेको छु । म त्यति धेरै कलमबिर होईन अाफुलाई अलि बढि कलमबिर भनाउने मित्रहरूले लेखिदिए सबै पार्टि पङ्ती अलि अनुग्रहित हुने थियो ।
सँगैको भारतले फारबिसगँज वा जोगवनी किन बनाएन र पटनालाई बिहारको राजधानी बनायो जब कि सामरिक हिसाबले भारत हामी भन्दा कैयौ गुणा शक्तीशाली हुँदा हुँदै पनि राजाको शासनकालमा सबै शक्ति दरवारमा केन्द्रित हुँदा पनि बिहार अथवा भारतले यस्तो सुरक्षा सम्वेदनशिलतालाई महशुस गरयो तर हाम्रो जस्तो देश जहाँ यति बढी अस्थिरता छ सुरक्षा सम्बेदनशिलता छ सत्तामा रहेको पार्टिका जिल्ला सल्लाहकार जस्ता मान्छै मध्ये दिउँसो ब्यस्त बजारमा मारिएका छन ।
यस्तो अवस्थामा बिराटनगरलाई सुरक्षित छ भन्न नेपाली कांग्रेसका सभाषदहरू किन्चित पछी पर्दैनन भन्नेकुरा जगजाहेर छ तर राजधानीका बिषयमा निर्णय गर्न अावश्यक दुई तिहाई हुँदा हुँदै पनि यदि बोर्डरमै लगेर राजधानी राखिन्छ भने (२ नं. प्रदेशको जनकपुर बोर्डरबाट बिराटनगर भन्दा टाढा छ) हामीले के महशुस गर्ने हाम्रा अादरणिय सभाषद ज्यु हरू मैले नमन गरे बिबेक उच्च रहनेछ ।