झापा । झापाको झापा गाउँपालिका-५ मा शुक्रबार बालिकालाई करणी गरेको आरोपमा १ युवकलाई पक्राउ गरिएको छ ।

करणीको आरोपमा झापा कन्काई नगरपालिका-७ बस्ने बर्ष २२ को राजकुमार हेमरनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हेमरनले राती पौने ९ बजे झापा गाउँपालिका-५ बस्ने बर्ष ४ की एक बालिकालाई ललाई फकाई गरी खेतको आलीमा लगेर करणी गर्दै गरेको अवस्थामा स्थानीय देखेपछी प्रहरीमा खबर गरेका थिए ।

घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी शरणामतीबाट प्रहरीको टोली खटि गई बालिकाको उद्धार गरी हेमरनलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका हेमरनलाई इलाका प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भईरहेको छ भने बालिकालाई उपचारको लागि मेची अंचल अस्पताल भद्रपुर पठाईएको उक्त कार्यालयले जनाएको छ ।