पानवारी/ किरात देवान समाज केन्द्रीय समितिको नवौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
धरान–३ मा रहेको समाजको सभाहलमा सम्पन्न साधारण सभामा समाजका अध्यक्ष भीमबहादुर देवानले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस्तै गरी समाजका कोषाध्यक्ष मनप्रसाद देवानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाले दुवै प्रतिवेदन पारित गरेको छ । प्रतिवेदन प्रस्तुत गर्दै समाजका अध्यक्ष भीमबहादुर देवानले सामाजिक सेवामा समाज सदैव प्रतिबद्ध भई लागिपर्ने बताए ।
कार्यक्रममा प्रमुख अतिथी धरान–१२ का वडाध्यक्ष टङ्क राई, राष्ट्रिय आदिवासी महासङ्घका केन्द्रीय सदस्य जङ्ग देवान, ज्येष्ठ नागरिक नन्दप्रसाद देवानलगायतको उपस्थिति रहेको थियो ।