ताप्लेजुङ/ ताप्लेजुङका पाँच स्थानीय तहका २७ वटा वडामा अलैँची जोन कार्यक्रम लागू हुने भएको छ । अलैँची जोन क्षेत्र निर्धारणका लागि शुक्रबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटार ललितपुरले आयोजना गरेको कार्यक्रमले फुङ्लिङ नगरपालिका र मैवाखोला गाउँपालिकाका सबै क्षेत्र तथा फक्ताङ्लुङ गाउँपालिकाका ७ वटा वडामध्ये एउटाबाहेक सबै वडामा अलैँची जोन कार्यक्रम लागू गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकमा सहभागी फुङ्लिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई (तारा) ले फुङ्लिङका ११ वडा, मैवाखोला गाउँपालिकाका ६ तथा फक्ताङ्लुङ गाउँपालिकाका ७ मध्ये वडा नं. ७ ओलाङ्चुङगोलाबाहेक बाँकी ६ वटा वडा, आठराई त्रिवेणीको वडा नं. ४ र ५ तथा मेरिङ्देन गाउँपालिकाको वडा नं. १ र २ गरी जिल्लाभरका २७ वटा वडामा अलैँची जोन कार्यक्रम लागू हुने निर्णय भएको जानकारी दिए ।
जिल्लाभर ६१ वडामध्ये ओलाङ्चुङगोलामा मात्र अलैँची उत्पादन हुँदैन ।