उदयपुर/ उदयपुरको बसाहामा सातौँ चौदण्डीगढी नारदमुनी गोल्ड कप हुने भएको छ ।
चौदण्डीगढी नगरपालिका वडा नं ४ को नारदमुनी रङ्गशालामा आइतबार (आज) देखि प्रतियोगिता हुने भएको हो ।
बसाहा क्लबको आयोजनामा हुन लागेको सातौँ गोल्डकपमा ८ टिमले खेलमा भाग लिने आयोजकले जनाएको छ ।
इतबारदेखि शुरु हुने गोल्डकपको उद्घाटन खेलमा विराटनगर–११ मोरङ र चर्च ब्वाइज युनाइटेड काठमाडौँ बीच खेल हुने बसाहा क्लबका अध्यक्ष शेखर राईले बताए ।
गोल्डकप असोज २० बाट शुरु भई ३० गते फाइलन हुने छ ।
प्रतियोगिताका विजेताले प्रथम पुरस्कार गोल्ड म्याडल, प्रमाणपत्र सहित ३ लाख नगद र उपविजेताले गोल्डम्याडल, प्रमाणपत्रसहित १ लाख ५० हजार नगद प्राप्त गर्ने छन् ।