धरान / नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट सबै बैकहरुलाई वितरण गरेको छ । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै राष्ट्र बैंकले आजबाट असोज २९ सम्मका लागि नयाँ नोट सटहीको सुविधा दिएको हो । सर्वसाधारणले नयाँ नोट २९ गतेसम्म साट्न पाउने राष्ट्र बैंकले जनाएको छ । नयाँ नोट ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २/२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म प्रतिव्यक्ति सटही सुविधा राष्ट्र बैंकले दिनेछ । नयाँ नोट राष्ट्र बैंकको केन्द्रीय, क्षेत्रीय कार्यालय तथा केही वाणिज्य बैंकहरुबाट सटही गर्न सकिने राष्ट्र बैकले जनाएको छ । राष्ट्र बैंकका अनुसार, सर्वसाधारणले राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंक र राष्ट्र बैंकका क्षेत्रीय कार्यालयसहित वाणिज्य बैंकका शाखाबाट समेत सटही सुविधा उपलब्ध हुनेछ ।