रङ्गेली / प्रदेश १ को नामाकरण र राजधानि अहिले प्रदेशमा ग्रमाग्रम बहसको विषय बन्दै गएको छ । संबैधानीक अधिकार पाएको प्रदेश सभा यसबाट अछुतो रहेने कुरै भएन । औपचारीक रुपमा प्रदेश सभामा नामाकरण र राजधानीको विषयले प्रवेस नपाए पनि शुन्य समयमा सांसदहरुले यस विषयलाई जोडदार रुपमा उठाउन थाली सकेका छन् । प्रदेश १ को आइतबार बसेको बैठमा पनि सांसदहरुले राजधानी जहा राखे पनि प्रदेशका मुख्य अंगहरु एकै ठाउमा हुनु पर्ने धारणा राखेका छन् । शुन्य समयमा बोल्ने सत्ता पक्षकै एक सांसदले राजधानी र नामाकरणको विषयमा बोल्दा ज्यानै खतरामा पर्ने डर भएको भन्दै सुरक्षाको माग गरे । नेपाली काग्रेसका सांसद मोहमद ताहिर मियाँले राजधानी जहाँ राखेपनी मन्त्रायहरु एकै ठाउँमा भए जनताले सहज रुपमा सेवा सुविधा लिन सक्ने बताए । ‘जहाँ भए पनि मन्त्रालय छरेर राख्नु हुदै’, उनले भने ‘जनतालाई सास्ति हुन्छ ।’ उनले मन्त्रालय र प्रदेश सभाल एकै ठाउमा राख्नु पर्नेमा जोड दिए । नेपाली काग्रेस कै सांसद शान्ता पौडलले पनि प्रदेश संचालनका मुख्य अंगहरु कार्यपालीका र न्ययापालिका एकै स्थानमा हुनु पर्ने धाराण राखिन । उनले एउटा मन्त्रालय एउटा जिल्लामा अर्को अर्के जिल्लामा गर्न नहुने बताइन । सत्ता पक्षका सांसद बलबहादुर साम्सोहाङले राजधानीको नाम र केन्द्रको बारेमा भने अनुसारको नभए ज्यानै खतरमा पर्ने अवस्था आएको उनले बताए । उनले कसबाट ज्यान खतरा छ भन्ने कुरा भने खुलाएनन् । उनले सांसदको सुरक्षाको लागी सरकारसँग माग गरे ।  यस अघिको बैठकमा संघिय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाफेले लिम्बुवान किरात खम्बुवान प्रदेश १ को नाम नभए त्यसबाट उत्पन्न हुने आन्दोलनको जिम्मा सरकारले निलु पर्ने बताएकी थिइन । सांसद सम्सोहाङले सविधानको मर्म अनुसार प्रदेश सभा र सरकार चलेको छ की छैन ? भन्दै सदनमा प्रति प्रश्न गरेका थिए । प्रदेश सभाबाट बाहिरने वित्तिकै जनताले राजधानी र नामकरणको विषयमा चासो राख्ने भएकोले आफुले सदनको नियमित कार्यमा ध्यान दिन नसकेको सांसद सरिता थापाले बताइन । उनले राजधानी र प्रदेशको नामाकराण चाडै टुङ्याउन माग गरिन । प्रदेश सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनैतिक दलका संसदहरुले आ–आफ्नो अलग अलग बैठक डाकेर साझा धारणा बनाउन छलफल चलाए पछि राजधानी र नामाकारण माथि प्रदेश भरी नै बहस छेडिएको छ ।