bullet-bikeभद्रपुर । जिल्ला प्रहरी कार्यालय अगाडी चोरी भएको छ । भद्रपुर–८ मेची रङ्गशाला प्रहरी कार्यालयसँगै रहेको छ । चोरले गएराती सटर फुटाएर कम्युटर,मनिटर राउटर र रङ्गशालाको पश्चिमपट्टी विद्युत प्राधिकरण छेउको घुम्तीबाट १९ सय ८० रुपैयाँ नगद र केही समान लैजादा प्रहरीले पत्तो नै पाएन । आइतबार विहान कार्यालय र पसल साहुले सामान चोरी भएको मौखिक जानकारी गराएपछि प्रहरीले थाहा पाएको थियो । घटनापछि खटिएको प्रहरी टोलीले दिउँसो चन्द्रगढी बजारबाट भद्रपुर–७ का २१ वर्षिय बिक्रम सिं माझी र ६ का १९ वर्षिय गन्डोरिया पाछिलाइ सामान सहित पक्राउ गरिएको जिल्लाका डिएसपी तथा प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जनाए । उनिहरुलाइ नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको उनले जनाए । त्यसैगरी भारतबाट चोरी गरेर नेपालमा बिक्रीका लागि ल्याइएको भारतीय मोटरसाइकल झाडीमा लुकाइ रहेको अवस्थामा प्रहरीले फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट साधा पोसाकमा खटिएका प्रहरी टोलीले आइतबार साँझ मेचीनगर –१२ स्थित काँसघारीमा लुकाइरहेको भारतीय नम्बर उल्लेख गरिएको डब्लू बी ७४एडी५६७९को रोयल इन्फिल्ड मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भारतबाट चोरी गरेर नेपालमा बिक्रीका लागि ल्याइएको हुनसक्ने जिल्लाका डिएसपी तथा प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जनाए । बरामद गरिएको मोटरसाइकललाइ प्रहरीले राखि गिरोहको खोजी भइरहेको डिएसपी बस्नेतको भनाइ छ ।