पानवारी/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको अनियमितताका विषयमा गठित छानविन समितिले दिएको प्रतिवेदनको आधारमा स्वास्थ्यमन्त्रीको संयोजकत्वमा गठित समितिले प्रतिष्ठानका उपकुलपतिलाई स्पस्टीकरण सोधेको छ ।

प्रधानमन्त्रीको कार्यालयका सचिव केदार अधिकारीको संयोजकत्वमा गठित समितिले एक प्रतिवेदन तयार गरेको थियो ।

उक्त प्रतिवेदन कार्यान्वनका लागी स्वास्थ्य मन्त्री तथा प्रतिष्ठानका सह–कुलपति उपेन्द्र यादवको संयोजकत्वमा गठित समितिले उपकुलपति राजकुमार रौनियारलाई स्पस्टीकरण सोधेको हो ।

बीपी प्रतिष्ठानमा एमआरआई खरिदमा अनियमितता, कार्डियोलोजी क्यान्सर सेन्टर निर्माणमा कन्सल्टेन्ट चार्जमा भएको अनियमितताका विषयमा छानविन समिति बनेको थियो ।

सोही विषयमा प्रतिष्ठानमा आएर उक्त समितिले सोधपुछ तथा घटनाबारे जानकारी लिएको थियो ।