भीरबाट लडेर फुलमायाको ज्यान गयो
इलाम / इलामको रोङ गाउँपालिका वडा नं. ६ की फुलमाया राईको भीरबाट लडेर मृत्यु भएको छ । कालुमान राईकी ३६ वर्षीया श्रीमति राईको घरदेखि ७० मिटरको दूरीमा रहेको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
राईको शव भीरबाट एक सय मिटर तल भेटिएको थियो । मानसिक रोगी राईको शव पोष्टमार्टमका लागि फिक्कल ल्याइएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































