यौन पावरको कुरा आउन साथ भियाग्राको कुरा आउछ । भियग्राले पुरुषहरुको यौन क्षमता बढाउने गर्दछ । तर, यौन उत्तेजना बढाउनका लागि भियग्राकै सहारा लिनुपर्छ भन्ने भने होईन । हाम्रै भान्सामा हुने विभिन्न खानेकुराहरुले भियग्राको जस्तो काम गर्ने गरेका छन् । केही खाने कुरा तल दिइएको छ ।
केरा: केरामा ब्रोमेलिन नामक इन्जाइम हुन्छ जसले प्राकृतिकरुपमा सेक्सको इच्छालाई बढाउँछ । केरामा पोटासियम र म्याग्नेसियम लगायत अन्य कैयन् पोषक तत्व पनि हुन्छन् जसले कामवासना बढाउनका साथै अरु पनि थुप्रै फाइदा पुर्याउँछ । अन्डा:बलियो इरेक्सनका लागि अन्डा एउटा उत्कृष्ट आहारा हो । यसमा भिटामिन डी, बी५ र बी६ हुन्छ । यी सबैले प्रभावकारी रुपमा सेक्सको इच्छा जागृत गर्न भूमिका खेल्छन् जसले गर्दा आफ्नो साथीसँग उत्तेजित समय बिताउन सकिन्छ । पालुंगो: भिटामिनबाट समृद्ध भएकाले पालुंगोलाई विश्वभरमै स्वास्थ्यका लागि उत्कृष्ट खाद्यपदार्थ मानिएको छ । पालुंगोले पनि भियग्राको जस्तो काम गर्छ । यसमा आइरन, म्याग्नेसीयम र भिटामिन ई हुन्छन् जसले गर्दा यसले योन इच्छा बढाउन सहयोग गर्छ । अलैंची: भियग्राजस्तै काम गर्ने खाद्य पदार्थको सुचीमा अलैंची सबैभन्दा अगाडि आउँछ । अलैंचीमा सिनेओले नामक एक यौगिक हुन्छ जसले जनन्द्रियमा रक्तप्रवाहलाई बढाउँछ । यसले गर्दा कडा इरेक्सन प्राप्त हुन्छ । किसमिस: किसमिसले पनि सेक्स ड्राइभलाई बढाउँछ । किसमिसको सेवनबाट कैयौं प्रकारका यौनजन्य समस्या, जस्तै इरेक्टाइल डिसफङ्सन आदिबाट छुटकारा पाउन सकिन्छ । यसले शरीरमा उर्जा बढाउनुका साथै सेक्सको समयमा पनि सहयोग गर्छ । बदाम: बदाममा हुने फ्याटी एसिडले पुरुषहरुमा हार्मोन उत्पादनमा मुख्य भूमिका खेल्छ । काँचो बदाम खाँदा अझै बढि फाइदा हुन्छ । अनार: अनारले स्वास्थ्यलाई दिने अनेकन फाइदाका अलावा यसलेउ भियग्राको जस्तो काम पनि गर्छ । अनारले रगतको प्रवाहलाई नियन्त्रण गर्छ र यसलाई जनन्द्रीयतर्फ लैजान्छ । कामोत्तेजक समयका लागि यो एउटा चमत्कारी फल हो । ओखर: कडा इरेक्सनका लागि ड्राइ प्रmुट्सलाई सँधै उपयोगी मानिदै आएको छ । यिनीहरुमा ओमेगा ३ फ्याटी एसिड र भिटामिन बी ३ हुन्छन् जसले शुक्राणुहरुको क्षमतालाई बढाउँछन् र पुरुषको यौनाङ्गमा रक्तप्रवाह बढाउँछन् । तरबुजा: हालै गरिएको एक अध्ययनबाट पत्ता लागेको छ कि तरबुजा पनि भियग्रा जस्तै प्रभावशाली हुन्छ । तरबुजको टुक्रामा यसको बोक्राको ठिक मुनि हरियो रंगको जुन भा छ त्यसमा सिट्रुलाइन प्रचुर मात्रामा हुन्छ । सुट्रुलाइन शरीरमा अर्गानिक नाइट्रिक एसिड बनाउन सहायक हुन्छ । नाइट्रिक एसिड एक सिद्ध योगिक हो जसले पुरुषहरुमा यौन आकांक्षालाई बढाइदिन्छ र इरेक्सनलाई बलियोउ बनाउन पनि सघाउँछ । एजेन्सीबाट