धरान /  गाउँबाट आफ्नो सेवा शुरु गरेको मुक्तिनाथ विकास बैकले प्रदेश नं. १ का १० स्थानमा शाखा विस्तार गरेको छ ।  मंगलबार धरानमा शाखा उद्घाटन गरेको बैकको प्रदेश १ मा मोरङ, झापा, ओखलढुङगा र सुनसरीमा गरि १० वटा शाखा एकै चोटी विस्तार गरिएको बैकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले जानकारी दिए । २०६३ सालमा स्याङजाको पुलतीबजारबाट कारोवार शुरु गरेको मुक्तिनाथले बैकमा जनता जाने होईन जनतामा बैक पु-याउने नीति अनुरुप देशभरका ९५ स्थानमा शाखा विस्तार गरिसकेको छ । आधुनिक, ग्रामिण र लघुवृत बैकिङ कारोवार गर्दै आएको बैकले हालसम्म ३० अर्व ३५ करोड निक्षेप संकलन र २५ अर्व ३८ करोड ऋण लगानी गरेको अधिकृत पोखरेलले जानकारी दिए । बैकले ३० प्रतिशत कर्जा विपन्न वर्ग कर्जा वितरण गर्दै आएको पोखरेलले दावी गरेका छन् । शाखाको उद्घाटन सुनसरी उद्योग बाणिज्य संघ धरानका अध्यक्ष राजेन्द्र साहले गरेका थिए । उनले धरानवासीहरुलाई सर्वसुलभ सेवा प्रदान गर्न सुझाव दिएका छन् । कार्यक्रममा ब्लाष्टखवरका प्रधान सम्पादक देबेन्द्र कार्कीले बैकहरुले ठूला व्यवसायीहरुलाई मात्र ऋण प्रवाह गर्दै आएकाले मुक्तनाथ बैकले साना लगानीका व्यवसायीहरुलाई समेटेर लानु पर्ने सुझाव दिए । कार्यक्रममा संघीय इकाई प्रहरी कार्यालयका प्रमुख एसएसपी सरदकुमार खत्री, ब्लाष्ट दैनिकका उप–प्रवन्ध निर्देशक दिपेन्द्र कार्की, भूपू सैनिक वेलफेयरका कृष्ण गुरुङलगायतको उपस्थिति रहेको थियो ।