रङ्गेली / प्रदेश १ को राजधानी र नामाङकनको विषयमा संचारकर्मीहरुले मन गणन्ते समाचार सम्प्रेषण गरेको भन्दै मुख्यमन्त्रि शेरधनर राईले रोष्टमबाटै गाली गरेका छन् । प्रदेश १ को बर्षे अधिवेशनको मंगलबार समापन बैठकलाई सम्बोधन गर्दै उनले न्युनतम आफ्नो मर्यादालाई ख्याल नगरी लेखिएको आरोप लगाए । उनले सर्वभौम सम्पन्न प्रदेश सभालाई केन्द्र र नाम तोक्ने अधिकार भएको बताउदै प्रदेश सरकारले सहजिकरण भुमिका मात्र निर्वाह गर्ने बताए । उनले प्रदेश सरकार समझदारीबाट अगाडी बढन चाहको बताए । ‘सपनामा देखेर लेख्नु हुन्छ ।,’ उनले पत्रकारलाई भने ‘तपाईहरु भाजो हाल्ने काम गर्दै हुनुहुन्छ ।’ उनले साझा मिलन विन्दु खोजेर अघि बढन चाहेको भन्दै त्यो सरकारको संकल्प भएको पनि बताए । ‘यसलाई सक्नु हुन्छ भने हाइलाइट गर्नुस ।,’ उनले भने, ‘ नसक्दा आफ्नो कमजोर स्तरहिन क्षमता नदेखाउनुस ।’ उनले प्रदेशको राजधानी र नामको विषयमा संचार क्षेत्रमा आएका समाचार र टिप्पणीप्रति निकै आक्रोस पोख पटक पटक प्रदेश १ को नाम र राजधानीका बिषयमा छलफल र बहस भए पनि नामाकरण र स्थायी राजधानीको टुंगो नलागी प्रदेशसभा १ को अधिवेशन अन्त्य गर्ने क्रममा उनले पत्रकारहरुप्रति रोष प्रकट गरेका हुन । यसअघि पनि पटक पटक स्थायी राजधानी र प्रदेशको नामाकरण गरिने भन्दै अन्तिम मिति भन्दै दशैअघि नै यो बिषय टुंग्याउने प्रदेशका मुख्यमन्त्री र जिम्मेवार मन्त्रीहरुले समेत उदघोष गरेका थिए । यो बिषय अब दशैपछि निर्णय गरिने भन्दै सारिएको छ । नाम र राजधानीको टुंगो लगाउन नेकपा संसदीय दलको बैठक बसेको भए पनि बैठकले कुनै निर्णय नलिई स्थागित भयो भने नेपाली काँग्रेसको बैठकले पनि कुनै निर्णय गर्न सकेन ।