रङ्गेली । प्रदेश १ को प्रदेश सभाको चालु अधिवेसन आज राति १२ बजेबाट समाप्त हुने भएको छ । प्रदेश सभाको आजको बैठकमा प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले बैठक समापन सम्बन्धमा पठाएको पत्र बाचन गर्दै सभामुख प्रदिपकुरमा भण्डारीले बैठक अन्त्य जानकारी दिए । ‘प्रदेश सरकार मन्त्री परिषदको सिफारीसमा नेपालको संविधानको धारा १ सय ८२ को उपधारा २ बमोजिम प्रदेश सभाको चालु अधिवेसन २०७५ असोज २३ गते मंगलबार रातको १२ बजे देखि अन्त्य गरेको छु ।’ प्रदेश प्रमुखले पठाएको पत्रमा उल्लेख गरिएको छ । जेठ १७ गते सुरु भएको अधिवेसन आज राती १२ बजेबाट सम्पन्न हुदैछ । अधिवेसन १ सय ३० दिन चालु भएको थियो । यस अधिवेसनमा ५२ बैठकमा ५८ पटक बैठक बसेको सभामुख भण्डारीले जानकारी दिए । जसमा ६० घण्टा १५ मिनेट संसदिय कारवाहिमा सदन केन्दित भएको थियो । अहिले सम्म दुबै अधिवेसन गरेर प्रदेश सभाबाट २३ वटा विधेयकहरु पारित भइसकेका छन् । जेठ २६ गते प्रधानमन्त्री केपि ओलीले प्रदेश १ को सदनमा सम्बोधन गरेको सभामुखले जानकारी दिए । त्यस्तै आर्थिक वर्ष २०७५÷७६ को लागी प्रदेश प्रमुखले जेठ २७ गते वार्षीक प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिकमामिला तथा योजना मन्त्रि इन्द्रबहादुर आङबोले असार १ गतेको पहिलो बैठकमा राजस्व र व्ययको वर्षीक अनुमान प्रस्तुत र दोश्रो बैठकमा टेवल गरेका थिए । असार ४ गते आर्थिक विधेयक पारित भएको थियो । त्यसैगरी असार १० गते विनियोजन विधेयक परित भएको सभामुखले सदनमा जानकारी दिए । असार ४ गते प्रदेश सरकार अर्थ सम्बन्धी प्रस्तवालाई कार्यान्वयन गर्न बनेको विधेय,असार ५ गते प्रदेश रेडीयो,एफएम र टिलीभिजन प्रसारण सम्बन्धमा विधेय, असार १० गते विनियोजन विधेयक,साउन १६मा जिल्ला सभाको काम कर्तव्य र अधिकार सम्बन्धि विधेयक, साउन १६मा अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा र सुविधा सम्बन्धि विधेयक, भदौ १९मा विपद व्यवस्था सम्बन्धि विधेयक, भदौ २५मा प्रदेश समाजिक विकास संस्था विधेयक,भदौ २५ मा प्रसासकिय कार्यविधी नियमित गर्ने सम्बन्धि विधेयक,भदौ २६ मा प्रदेश वृत्त व्यवस्थापन सम्बन्धि विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेको सभामुख भण्डारीले जानकारी दिए । असोज १० मा प्रदेश कर तथा गैरकर राजस्व लगाउने, उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, असोज १२ मा घरेलु हिंसाको सम्बन्धि विधेय, असोज १४ सिंचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाले पारित गरे पनि प्रमाणीकरण गर्न बाकी रहेको उनले जानकारी दिए । छलफलको लागी समितिमा रहेका विधेयकहरुमा प्रदेश सुसासनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,प्रदेश सभा सचिवालय सम्बन्धि विधेयक हुन ।साथै प्रदेशको खेलकुद सम्बन्धि विधेयकमाथि संसोधनको लागी सुचना दिइएको छ । विद्युत सम्बन्धि विधेयक,भवन निर्माण सम्बन्धि विधेयक प्रदेश सभा सचिवालयमा दर्ता भएका विधेयक हुन । बैठकमा नेकपाको संसदिय दलको तर्फबाट बोलेका मुख्यमन्त्री शेरधन राईले कोहि सदनमा र कोहि सरकारमा भए पनि सबैको काधमा एउटै जिम्मेवारी रहेको बताए । उनले अगामी अधिवेसकोनको पहिलो बैठक बाटै प्रदेशको नाम र राजधानी तोक्ने कार्यलाई अगाडी बढाउने बताए । उनले सहमतिकै आधारमा टुङगोमा पुग्ने धाराणा राखे । बर्खे अधिवेशनको अन्तिम बैठकमा बोलेका नेपाली काग्रेसको तर्फबाट बोलेका राजिब कोइरालाले प्रदेश सरकार पहिलाको तुलनामा सुस्त भएको आरोप लागाए । उनले संघिय सरकारले सहयोग नगरेको भन्दै गाठो फुकाउन पहल गर्नु पर्ने धारणा राखे । बैठकमा संघिय समाजबादी फोरमको तर्फबाट सासद जयराम यादव र राप्रपाको तर्फबाट ईन्दिरा राइले बोलेका थिए ।