पानवारी । अपांग पुनस्र्थापना तथा असहाय सेवा केन्द्र तथा धरान उपमहानगरपालिकाको समन्वयमा मंगलबार अशक्त अपांगहरुलाई ह्विलचेयर तथा वैशाखी प्रदान गरिएको छ । धरान–५ देउरालीका लक्ष्मीदास लिम्बूलाई एकथान ट्राइसाइकल, धरान–१० की रुपा मण्डल, धरान–९ कि स्नेहा मगर, धरान–१५ कि सुमिता लिम्बू र धरान–११ की टिका तामाङलाई ह्वील चेयर वितरण गरिएको थियो । त्यस्तै गरी आशाकुमार तामाङ, केशरबहादुर श्रेष्ठ, सुनिता राईलाई बैशाखी प्रदान गरिएको थियो । सेतो छडी (ह्वाइट स्टिक) सुन्तीकुमारी मण्डल, सागरराज लिम्बू र उमेश परियारलाई प्रदान गरिएको थियो भने रामकृष्ण मेहेतालाई लठ्ठी प्रदान गरिएको थियो ।
धरानकै तारा दर्जी र मनिता दर्जीलाई स्कुल ब्याग, जुता र पोशाक वितरण गरिएको थियो । मंगलबार धरान उपमहानगरपालिकाको प्रांगणमा एक कार्यक्रमको आयोजना गरी कार्यवाहक मेयर मञ्जु भण्डारी, अपांग पुनस्थापना तथा असहाय सेवा केन्द्रकी अध्यक्ष डम्बरकुमारी श्रेष्ठ तथा धरान उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख गणेश खतिवडाले संयुक्त रुपमा सामाग्री वितरण गरेका थिए । असहायलाई ह्विलचेयर वितरण गर्दै कार्यवाहक मेयर भण्डारीले लक्षित वर्गको लागी छुट्याइएको बजेटको सदुपयोग भएको भन्दै खुसी व्यक्त गरेकी थिइन् ।