पथरी । नेपाली कांङग्रेस निकट नेपाल विद्यार्थी संघ (ने.वि.संघ) मोरङको १२ औं जिल्ला अधिवेशनका लागी पथरीमा जिल्ला सभापतीको उमेद्वारी घोषणा गरेको छ । मंगलबार पथरी बहुमुखी क्याम्पसका ने.बि. संघ इकाई सभापति नवराज तुम्बापोले पथरी बहुमुखरी क्याम्पसमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला सभापतिको उम्मेद्वारी घोषणा गरेको हो । उम्मेद्वारी घोषणकै क्रममा उनले आफू संगठन भित्रको गुट र उपगुटको बिरोधी रहेको जानकारी दिदै सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । उम्मेद्वारी घोषणा कार्यक्रममा तुम्वापाले जिल्ला सदरमुकाम वरीपरी घुम्ने नेतृत्व सदरमुकाम बाहिरबाट पनि सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न पनि आफूले जिल्ला सभापतिको उम्मेद्वारी रहेको बताउँदै आफू कुनै नेताको आशीर्वादमा परेर उम्मेद्वारी घोषणा नगरेको बताए ।