विराटनगर । मोरङको कटहरी गाउँपालिका –१ स्थित जे.एम. युवा क्लबको २२ औं वार्षिकत्सवको अवसर पारेर विविद्य कार्यक्रम आयोजना गर्ने भएको छ । क्बलले मंगलबार विराटनगरम पत्रकार सम्मेलन आयोजना गरि बुधबारदेखी तीन दिनसम्म विविद्य कार्यक्रम आयोजना गरी वार्षिकत्सव मनाउने जानकारी गराएको हो । क्लबले पहिलो दिन बुधबार कटहरी १ मा उद्घाटन कार्यक्रमको शुभराम्भ गरि कराँते, उसु खेलको प्रर्दशन र भलिबल र चेस प्रतियोगिता गर्ने भएको छ । स्थानिय स्तरमै हुने उक्त प्रतियोतियोगिताको दोस्रो दिन बिहीबार एथलेटिक्स, महिला र पुरुषको दौड, अपर, थ्रो हुने कार्यक्रम संयोजक गोकर्ण माझिले जानकारी दिए । त्यसैगरि तेस्रो दिन शुक्रबार लङजम्प, ब्याटमिन्टन, साइकल स्लो खेलहरू हुने क्लबले जनाएको छ । त्यसैगरि क्बलले अन्तर विद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगिता समेत आयोजना गर्नेे क्बलका अध्यक्ष सत्यनारयण माझिले बताए । उनका अनुसार प्रत्येक विधामा प्रथम, द्धितीय र तृतीय हुने खेलाडीहरूलाई शिल्ड, ट्रफिको साथै प्रमाणपत्रसमेत वितरण गरिनेछ । २०५३ सालमा स्थपना भएको क्बलले विगतको वर्षहरूहुने फुटबल टुनामेन्र्ट थुप्रै उपाधीहरू ल्याए क्लबको नाम स्थापित गर्न सफल भएको छ ।