पथरी । मोरङको कानेपोखरी–३, हरकपुरमा एकैपरिवारका चारजना सदस्य आगोले जलेर मृत्यु भएको एक बर्ष बित्दा पनि प्रहरीले पत्त्ता लगाउन सकेको छैन् । घटना भएको एक बर्ष बित्दा पनि प्रहरी चुप बस्नु भनेको केहि रहस्य भएको पीडित परिवारले जनाएको छ । पीडित परिवारले पारिवारिक कलह, धनसम्पतिको लोभ लालचमा षड्यान्त्र र सुनियोजित रूपमा चार जनाको हत्या भएको दावी गर्दै आएको छ । घट्ना दुर्घट्ना, भाव्यतब्य वा आफै भएको मान्न तयार छैनन् पीडित परिवार । प्रहरीले प्रभावकारी अनुसन्धान गरे अपराधि उम्कन नसक्ने पीडित परिवारको भनाइ छ । के मेरो, आमा, दाजु—भाउजु र दिदी मारिनै पर्ने व्यक्ति थिए त ? हामीले न्याय कहिले पाउने ? प्रहरीले प्रभावकारी अनुसन्धान नगरेपछि गृहमन्त्रालय लाग्नु पर्दैन ? अव कहाँ गएर न्याय खोज्ने ? यी प्रश्न थियो पीडित परिवारका सदस्य इन्दिरा राईको । उनी संकास्पद हत्या प्रकरणमा परेकी ८६ बर्षिय गंगामाया राईकी छोरी हुन् । घट्ना करिव एक बर्ष अघि को हो । २०७४ असोज ४ गते राति करिव १ बजे एउटै परिवारका चार जना व्यक्तिको हत्या भएको थियो । घट्नामा ८६ बर्षिय आमा गंगामाया, ५६ बर्षिय दाजु चन्द्रकुमार राई, ५० बर्षिय पार्वता राई(चन्द्र र पार्वता(पति पत्नि) र ४५ बर्षिय दिदी विष्णुकुमारी राई तामाङको संकास्पद हत्या भएको थियो । काठ(सखुवा)को २५ खम्बा भएको, बाँसको सेन्टरवेरा र जस्ताको छानो भएको दुई तले घर थियो । त्यो रात घरको चारैतिरबाट एक्कासी आगो लागेको छिमेकीहरूले देखे । छिमेकीहरू त्यहाँ पुग्दा आधा जति घर जलिसकेको थियो । दमकल आइपुग्दा करिव डेढ करोडको धनसम्पति जलिसकेको थियो । सम्पति त जल्यो जल्यो चार जनाको केही शव आधा र केहीको थोरीमात्र जलेको अवस्थामा रगताम्य भेटिएको थियो । मृतक गंगामायाको अर्को छोरा र बहिनी इन्दिरा राई काठमाडौं बस्दै आएका थिए । चन्द्रकुमारको एक छोरा र एक छोरी अध्ययनको लागि काठ्माडौँ नै बस्दै थिए । गंगाको छोरी त्यही दिन आमा र दाजुभाउजु भेट्न कानेपोखरी–३, हरकपुर मुलघरमा आएका थिए । माइत आएकै दिन जल्नु र मर्नु प¥यो विष्णुकुमारी राई(तामाङ)ले पनि ।

किन परिवारैको हत्या गर्नु पर्यो ? मृतक चन्द्रकुमार राई २०५४ सालको स्थानीय निर्वाचनको वडा अध्यक्षमा निर्वाचित भएर वडा चलाएका व्यक्ति थिए । समाजमा नेतृत्व कर्ताको भूमिका निर्वाह गर्दै आएका उनि पछिल्लो समयमा घरैमा किराना पसल व्यवसायी थिए । चन्द्रको गाउँमा प्राय सवैसँग मेलमिलाप थियो । आमा गंगामाया र बहिनी विष्णुको मात्र हत्याहुँदा चन्द्रकुमारले छाड्ने थिएनन् । अपराधि उम्किन मुस्किल पर्ने हुनसक्थ्यो । त्यही भएर आमा गंगा, छोरी विष्णुसहित चन्द्र र उनको पत्निको एकसाथ हत्या भएको हुनसक्ने पीडितहरूको दावी छ ।

कहाँ कहाँ भयो उजुरी ? त्यो घट्ना हुँदा इलाका प्रहरी कार्यालय पथरीमा इन्स्पेक्टर राजन कार्कीको नेतृत्व थियो । त्यहाँ उजुरीको साथै घट्ना हुनसक्ने कारणहरू र सम्भावित पात्रहरूको बारे सवै सूचनाहरू उपलब्ध गराएपनि राजनले प्रभावकारी अनुसन्धान नगरेको पीडितहरुले गुणासो गर्दै आएका छन् । पथरी प्रहरीमा राजनसहित तीन पटक इन्स्पेक्टर परिवर्तन भइसकेको छ । सवै प्रहरी प्रमुखलाई घट्नाका राम्रो अनुसन्धान गर्न अनुरोध गर्दै आएपनि खास वास्ता नभएको पीडित परिवारको गुनासो छ । चार—चार जनाको मृत्यु भएपनि प्रहरीले संकास्पद व्यक्तिहरूलाई प्रभावकारी अनुसन्धान नभएको मृर्तक चन्द्रकुमारको दाजु रामकुमार राईको पनि गुनासो छ । इलाका प्रहरी कार्यालय त्यसवेला आवश्यक अनुसन्धान नगर्नुमा राजनीतिक साइनो र पैसाको चलखेल हुनसक्ने पीडित परिवारको संका छ । पीडित परिवारले जिल्ला प्रशासन, जिल्ला प्रहरी, प्रदेश प्रहरी कार्यालय मोरङ, संघीय प्रहरी कार्यालय सनुसरी, १ नम्बर प्रदेश गृह, नेपाल सरकारको गृह मन्त्रालय र नेपाल मानव अधिकार आयोगमा उजुरीसहित प्रभावकारी अनुसन्धानको लागि लिखित अनुरोध गरिएको पीडित रामकुमार राईले बताए । गृहमन्त्री रामबहादुर थापालाई निवासमै गएर घट्ना प्रकृति बताए पनि मन्त्रालयको आवश्यक चासो नदेखिएको मृर्तक चन्द्रकुमारको बहिनी इन्दिरा राईको गुनासो छ । परिवारले उजुरी मात्र दिएका छैनन् । घट्ना स्थालमै २०७४ अशोज २९ गते पत्रकार सम्मेलनको गरेर संकास्पद हत्याको बारे आम जनतालाई जानकारी गराएका थिए । परिवारले नागरिक समाज, बुद्धिजिवी, गृह मन्त्रालय, मानवअधिकारवादी संगठनहरूसँग घटनाको प्रभावकारी अनुसन्धानको फेरि माग गर्दै आएका छन् । एउटै परिवारको चारैजनाको हत्या गर्नुपर्ने सभ्वावित कारणहरू स्पष्टकै खुलाएर प्रहरीमा उजुरी दिइएको इन्दिरा राईले बताउर्दै आएकी छिन् । मृतक दिदी विष्णु र भेनावीच विभिन्न कारण राम्रो सम्बन्ध थिएन । आमा गंगाको नाममा रहेको जग्गा देवर अनिलले १२ लाखमा बिक्री गरेको आमाको मृत्युपछि खुलेको बताइएको छ ।

मृतक परिवारको माग घट्ना नियोजित हत्या हो । किन प्रभावकारी अनुसन्धान हुदैन? प्रभावकारी अनुसन्धान गरी अपराधिलाई कडा कारबाही हुनुपर्ने हाम्रो माग छ । अनुसन्धान राम्रो नहुदा परिवारका अन्य सदस्यहरूलाई समेत जोखिम बढ्दै गएको छ । तत्काल सम्भावित अपराधी पक्राउ गर्न सरकार वा सम्बन्धीत निकायसँग मृतक परिवारको माग छ । चन्द्रकुमारको दुई छोराछोरीले एकै साथ मामाबाबु गुमाएका छन् । घट्नाको छानविन गरी ती निर्दोष टुहुराहरूको लागि क्षतिपूर्तिको समेत माग गरेका छन् पीडित परिवारले । हाइ गुहार कतैबाट पनि नपाए, प्रभावकारी छानविन नभए आमरण अनसन, बन्द हड्ता जस्ता अप्रियबाटो लिन बाध्यहुने पीडित परिवारले जनाउँर्दै आएको छ ।