सिरहा/जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाउन गएकामाथि प्रहरीले लाठी चार्ज गरेको छ । त्यसक्रममा पत्रकारमाथि पनि प्रहरीले दुर्व्यवहार गरेको छ ।
गत भदौं १५ गते नेपाल प्रहरीको हिरासतमा मृत्यु भएका राममनोहर यादवको न्यायको माग गर्दै ज्ञापन पत्र बुझाउन गएका थिए ।
न्यायिक छानबिन समिति बन्नुपर्ने, शहीद घोषणा, परिवारलाई क्षतिपूर्ति, पत्नीलाई जागिर र बच्चालाई शिक्षाको व्यवस्था माग राख्दै ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय सिराहा पुगेका थिए ।
सिके राउत सर्मथित युवाहरू पुगेपछि प्रहरीले मुल गेटमै रोकेको थियो ।
त्यसक्रममा भित्र प्रवेश गर्न नदिएपछि उनीहरु नाराबाजी गर्न थालेपछि प्रहरीले लाठी चार्ज गर्दै एक महिलासहित १० जनालाई पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेहरुमा सतिला यादव, मनिस यादव, बालेश्वर यादव, शुभलाल महतो, राजकुमार यादव, जितन यादव, ज्ञान कामती, पप्पु यादव, राजकुमार यादव र रामसुगन यादव रहेको सुदिपराज कुशवहाले बताए ।
पक्राउ परेकाहरुलालई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको उनले बताए ।
लाठी चार्ज गर्दै प्रहरीले महिलामाथि समेत पुरुष प्रहरीले दुव्यवहार गरेको र सामाचार संकलन गर्न जाँदा अपन दैनिक पत्रिका प्रकाशक/सम्पादक तथा एभिन्यूज र जनताटाइम्स अनलाइनका सिरहा संवाददाता शुभ नारायण कामतीलाई प्रहरीले दुव्र्यवहार गर्दै क्यामरा खोस्ने प्रयास गरेको थियो ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) जिवन श्रेष्ठसित बुझ्न खोज्दा फोन उठाएन ।
तारेखका लागि जिल्ला अदालत पुगेका स्वतन्त्र मधेश गठबन्धनका संयोजकडा. सिके राउतसँगै सिरहा पुगेका उनीहरु तारीख पश्चात् ज्ञापन-पत्र बुझाउने कार्यक्रम राखेका थिए ।
तारीख सकेपछि डा. राउतलाई बिदाई गरेर उनीहरु ज्ञापन-पत्र बुझाउन जाँदा जिल्ला अधिकारीले लिन मानेन् ।
राउत समर्थकले प्रहरी र जिल्ला अधिकारी विरुद्ध नाराबाजी गरेपछि पक्राउ गरेको जनाइएको छ ।