बारा / बाराको सिमरा स्थित जगदम्बा स्टिल उद्योगमा विस्फोट भएको छ । विूफोटमा ५ जना भारतीय मजदुर घाइते भएको उद्योगले जनाएको छ । कवाडी समान भट्टीमा हालेर पगाल्ने क्रममा अचानक पड्केको फलामको टुक्राले लागेर उनीहरु घाइते भएको ईलाका प्रहरी कार्यालय, सिमराका प्रहरी इन्स्पेक्टर सुवास हमालले बताए । उनका अनुसार घाइते हुनेमा सितामणी बिहारका २२ वर्षीय कमलेश राय, २३ वर्षीय नरेश सहनी, २३ वर्षकै सन्दीप कुमार, २० वर्षीय पञ्कजकुमार र मोतीहारी घर भएका ३५ वर्षीय विनायक सिंह रहेका छन् । घाइतेमध्ये कमलेश, नरेश, सन्दीप र पञ्कज कुमारको अवस्था गम्भीर रहेको छ । उनीहरुको रगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ । विस्फोटबारे अनुसन्कोधान भईरहेकाे प्रहरीले जनाएकाे छ ।