रङ्गेली / नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पाटी सभापति शुरबहादुर देउवाले नेता कार्यकर्ताको भावना विपरित एकलौटी गर्न खोजेको आरोप लागाएका छन् । विराटनगरमा विहिबार संचारकर्मीसँग उनले आफुसँग शक्ति छ भन्दैमा पाटी सभापतिले एकलौटी र मनपरी निर्णय गर्दै हिड्नु गलत भएको बताए ।
सवैलाई मिलाएर लैजानु पदर्छ भन्दै सिटौलाले नेविसंघको उमेर हद तोक्ने काम सभापति शेरवादुर देउवा एक्लैले गरेको आरोप लगाए । पाटीमा एकता आवश्यक रहेकोले सभापतिको ध्यान त्यसमा जानु पर्ने उनले बताए । उनले उमेर हदको निर्णय एक्लौटी भएको बताए । ‘मैले पाटी सभापतिको विरोध गरेको होइन ।’ उनले भने, ‘कार्यकाल भरी साथ र सहयोग रहन्छ तर सभापतिले पनि सवैको सल्लाह र सुझाव अनुसार निर्णय गर्नु पर्दछ ।’ जनताको मनोवल उच्च राख्ने गरी सरकारले गर्ने हरेक काममा कांग्रेसको सहयोग रहने नेता सिटौलाले बताएका छन् । परिवर्तनको पंक्षमा पाटी अगाडी वढाउने क्षमता भएको व्यक्ति नै आगामी महाधिवेशनले छान्ने उनले बताए ।