chautarai-banपथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे २ स्थित चौतारी सामुदायिक वन उपभोक्ता समूहको १९ औं चुनावी साधारण सभाबाट अध्यक्षमा पुनः मेघराज चापागाईं निर्वाचित भएका छन् ।

सर्वसहमत रुपमा निर्वाचित समितिको उपाध्यक्षमा टीकाराज कन्दङ्वा,

सचिवमा शिवकुमारी गौतम, सहसचिवमा सीता भुसाल र कोषाध्यक्षमा टंक कन्दङ्वा निर्वाचित भएका छन् । सदस्यमा, दुर्गा निरौला, कमला कार्की, घनेन्द्र चौलागाईं ,जय गिरी , प्रेमा पालिखे, सीता दाहाल, गङ्गा लिम्बू, शमसेर थापा मगर, पर्शुराम गुरुङ र टीकादेवी रिजाल चुनिएका छन् ।

लेखा समिति संयोजकमा किशोर सुवेदी तथा सदस्यमा खेमनाथ दहाल र कमलनिधि घिमिरेलाई चयन गरिएको छ ।

महिलाहरुलाई आत्मनिर्भर बनाउने अभियानमा जुटेको सोही क्षेत्रको चौतारी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको आठौं साधारणसभा सम्पन्न भएको छ ।

पथरी शनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले प्रमुख अतिथिका रुपमा कार्यक्रमको उद्घाटन् गर्दै महिलाहरुलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्न सवैलाई आव्हान समेत गरिन् ।

कार्यक्रममा, मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालका सामुदायिक विकास अधिकृत रुद्रबहादुर तामाङ, चौतारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मेघराज चापागाईं सहितले सामाजिक रुपान्तरणमा महिला सहकारीको भूमिका महत्वपूर्ण रहेको जनाए ।

सो अवसरमा, उत्कृष्ठ ऋणिमा देवीमाया कोइराला, उत्कृष्ठ कृषि व्यवसायीमा लक्ष्मीदेवी चापागाईं र ज्येष्ठ शेयर सदस्यमा जसोदा वस्नेतलाई सम्मानित गरिएको छ ।

६ सय १३ जना महिला शेयर सदस्य रहेको सहकारीले आर्थिक वर्ष ०७४÷७५ मा २५ लाख २३ हजार आम्दामी भएकोमा खर्च कटाएर २ लाख ७३ हजार ४ सय ३४ रुपैयाँ शुद्ध वचत गरेको छ ।