सोलुखुम्बु । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-७ स्थित गार्मा भन्ने स्थानमा भालुको आक्रमणमा परि मंगलबार एक जना घाइते भएका छन् । बिहान पौने ७ बजेको समयमा आफ्नै बारीमा मकै रुगेर घर फर्कने क्रममा ३० बर्षिय दिल बहादुर भुजेललाई भालुले आक्रमण गरेको थियो । आक्रमणबाट घाइते भुजेललाई उपचारको लागि जिल्ला अस्पताल फाप्लु पठाइएकोमा थप उपचारको लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । भुजेलको हात, छाती र पछाडी हिपमा चोट लागेको छ ।
भालुको आक्रमणबाट एक घाइते
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































