खोटाङ । खाेटाङकाे दिक्तेल रूपाकाेट मझुवागढी नपा-८ का वडाध्यक्षले याैन दुर्व्यवहार गरेकाे भन्दै मुद्दा परेकाे छ ।
वडाध्यक्ष लिला चौहानले स्थानीय ३३ वर्षिय महिलालार्इ पटक पटक याैन दुर्व्यवहार गरेकाे भन्दै जिल्ला अदालत खोटाङमा पीडितले मुद्दा दर्ता गरेकी हुन् । वडाध्यक्ष चाैहानले महिलालार्इ घरमा राती सुतिरहेको बेला ढोका खोल्न लगाएर गोप्य कुरा छ भन्दै अंगालो हालेर जर्वजस्ती गर्न खोजेको पीडित महिलाले बताएकी छन् । उनले महिलाकाे गाेप्य अंग सुम्सुम्याएर जबरजस्ती गर्ने प्रयास गरेकाे पीडितकाे भनाइ छ । उनले भनिन, “जर्वजस्ती प्रयासको प्रतिकार गर्दै म भागेर घर नजिकैको कोदोबारीमा लुक्न सफल भएँ ।
भोलिपल्ट उल्टै घट्नाको बारेमा कसैलाई भनिस भने राम्रो नहुने भन्दै चौहानले ज्यान मार्ने धम्किसमेत दिए ।” यस्तै, वडाअध्यक्ष चोहानले २०७४ साल पौष १८ गते पनि यौन दुर्व्यवहार गरेको पीडित महिलाको भनाई छ ।