धनकुटा । धनकुटा नगरपालिकाको आर्थिक सहयोग र स्टेप नेपाल धनकुटाको आयोजनामा नगरको विभिन्न चोकचोकमा ग्याँस सिलिण्डरमा आगो लागे कसरी नियन्त्रण गर्ने भन्नेवारेको सचेतना कार्यक्रम वुधवार देखी संचालन गरिएको छ । शसस्त्र प्रहरी वल ६ नं.गुल्म धनकुटाको प्राविधिक सहयोगमा संचालन गरिएको ग्याँसको सिलिण्डरमा आगो लागे कसरी नियन्त्रण गर्न सकिन्छ भनेर शसस्त्र प्रहरीका तालिम प्राप्त दक्ष सुरक्षाकर्मीहरुले डेमोस्ट्रेसन गरेर देखाएका थिए । उनीहरुले अचानक ग्याँस सिलिण्डरमा आगो लागे चिसो कपढा भिजाएर सिलिण्डर छोपेर मार्ने, हावा नपस्ने गरी बाल्टीले छोप्ने र अर्को सिलिण्डरको मुखैमा चाँडो भन्दा चाँडो वन्द गरेर घरेलु विधि र आपत्त परेको वेला निभाउने तरिकाको वारेमा जानकारी गराईएको सशस्त्र प्रहरी निरिक्षक जितेन्द्र वस्नेतले वताए । वस्नेतले वुधवार धनकुटा नगरपालिकाको वडा नं.१ देखी १० नम्वर वडासम्म स्थलगत रुपमा पुगेर स्थानिय समुदायलाई चोकचोकमा भेला पारेर डेमोर गरेर देखाइएको वताए । यस्तो खालको डेमोस्ट्रेशनले अचानक काँही कतै ग्याँस सिलिण्डरमा आगो लागी हाल्यो भने नियन्त्रण गर्न सजिलो होस सवैलाई थाहा होस भने कार्यक्रम आयोजना गरिएको प्रहरी निरिक्ष वस्नेतले वताए । उनले हरेक स्थानमा स्थानियलाई देखाएर सिकाएर डेमो गरिदै आएको वताए । उनले विहिवार (आज) पनि कार्यक्रमले निरन्तरता पाउने वताएका छन् ।