इटहरी/इटहरी–९ स्थित बसपार्कमा गत आइतबार १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गढी गाउँपालिका–८ छिटाहाका प्रमोद चौधरी छन् ।
चौधरीले बालिकालाई ललाई–फकाई इटहरी–९ स्थित गोधुली होटलमा लगी करणी गरेको पीडित परिवारले दिएको उजुरीका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ ।
पक्राउ परेका चौधरीलाई मङ्गलबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरू गरिएको छ ।