उर्लाबारी/नेपालीहरुको महान् चाडपर्वलाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय उर्लाबारीले सुरक्षा व्यवस्था कडा बनाउने भएको छ ।

बुधबार प्रहरी कार्यालयमा प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी दशै तिहार र छठ् पर्वको समयमा उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकामा हुनसक्ने घटनालाइ मध्यनजर गर्दै मुख्य चौक चौकमा प्रहरी परिचालन तथा मोबाईल र मोटर साईकल गस्ती गर्ने भएको छ ।

उर्लाबारीको मुख्य चौक, स्कुलडाडा, बरगाछी, हाटखोला, आईतबारे, मंगलबारे, दुर्गापुरी तथा मिक्लाजङ गाउ“पालिकाको मधुमल्ला, टाँडी लगायतका १५ स्थानमा प्रहरीको गस्ती टोली र सादा पोशाकमा पनि प्रहरी परिचालन गरिने प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताएका छन ।

बैंक तथा बित्तिय संस्थाहरुमा हुने कारोबार सुरक्षित गराइ देश तथा बिदेशबाट घर फर्कने र बिभिन्न गन्तब्य सम्म जाने यात्रुहरु समेतलाई पूर्ण सुरक्षाको प्रत्याभुती दिलाउन प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक तिमल्सिनाले बताउदैँ जुवातास नियन्त्रण, मादक पदार्थ बेचबिखन, निर्बाध रुपमा सवारी आवगमनका लागि २४ सै घण्टा गाडी र मोटर साईकल परिचालन गरिएको भएको छ ।

उर्लाबारीमा गुण्डागर्दी, लागूपदार्थ सेवन, जुवातास लगायतका घटना मुख्य समस्याको रुपमा पाएकाले आफु इप्रका उर्लाबारीको जिम्मेवारी लिएकोे ४ महिनामा नियन्त्रणका लागि प्रभावकारी ढंगले कार्यगरी रहेको प्रहरी निरीक्षक तिमल्सिनाले बताएका छन ।