ताप्लेजुङ / फुटबल खेल्न ताप्लेजुङतर्फ हिँडेका पाँचथर हिलिहाङ गाउँपालिका ५ सिम्लेका युगल सुहाङको खोलाले बगाएर मृत्यु भएको छ । पाँचथर र ताप्लेजुङको सिमानाको धिमालेस्थित इवा खोलाले बगाएर सुहाङको मृत्यु भएको हो । बाटोमा फुटवल खेल्न जाँदै गर्दा गर्मी भएपछि साथीसँगै पौडी खेल्न खोलामा पसेका सुहाङलाई खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।
बेपत्ता सुहाङलाई खोजी गर्ने क्रममा मृत अवस्थामा ताप्लेजुङ प्रहरीले फेला पारेको हो । खोलामा बेपत्ता भएको केही समय पछि सुहाङको शव मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने तयारी भैरहेको छ ।
फुटबल खेल्न हिँडेका युवालाई खोलाले बगायो
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































