श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ असोज २६ गते शुक्रबार, १२ अक्टोबर २०१८ । आश्विन शुक्लपक्षको तृतीया तिथि ६ः५१ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र विशाखा १३ः०५ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः०३ र सूर्यास्त ५ः३८ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) अध्ययन–अध्यापनमाभन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) समय सामान्यखालको छ । आफ्नोभन्दा अरुको काममा बढी समय दिनुपर्ला । कार्य व्यवसायमा बिघ्नबाधा आइपर्न सक्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) कृषि तथा पशुचौपायाको व्यापार– व्यवसायमा रुचि बढ्नेछ । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित रमाइलो भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा नया“ सदस्यको आगमन होला । रमाइलो वातावरणमा दिन बित्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय उत्तमखालको छ । शुभसमाचार सुन्न पाइएला । अवरुद्ध रहेका कामकाजहरु सुचारु हुनेछन् । मन प्रसन्न रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय उत्तमखालको छ । पठन–पाठन तथा लेखन कार्यमा रुचि बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) जग्गा–जमिन तथा भवनसम्बन्धी काममा सफलता मिल्ला । पारिवारिक जीवनमा खुसीयाली छाउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा रुचि बढुनेछ । अवरुद्ध रहेका कामकाजहरु सुचारु हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट एवम् खानपिन हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) अध्ययन–अध्यापनभन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) वस्त्र तथा आभूषण प्राप्त हुनेछ । बिछोडिएका साथीभाइहरूसित रमाइलो भेटघाट एवम् खानपिन हुनेछ । मन प्रसन्न रहला ।