उदयपुर/उदयपुरको सबै भन्दा बढी बाल विवाह हुने वडामा बाल विवाह न्युनिकर सम्बन्धि नाटक प्रर्दशन गरि सातौँ अन्तराष्टिूय किशोरी दिवस मनाएको छ ।
त्रियुगा नगरपालिकाको वडा नं ९ मा सातौँ अन्तराष्टिूय किशोरी दिवसको अवसरमा बाल विवाह न्युनिकरण सम्बन्धी अन्तरक्रिया तथा नाटक प्र्रदर्शन गरेको हो ।
ओरेक नेपालका अनुसार उक्त वडामा सबै भन्दा बढी बाल विवाह हुने गरेको छ ।
कार्यक्रममा त्रिनपा उप मेयर देवी चौधरीको प्रमुख अतिथि र अन्य पधादिकारीको आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रमको आयोजना महिला सशक्तिकरण श्रोत केन्द्रद्धारा संचालित युवा महिला नेतृत्व समूह (ऐरावत सञ्चार समूह ), त्रिनपा वडा न. ९ र ८, ओरेक नेपाल र जाल्पा एकिकृत विकास समाज नेपालको संयुक्त् सहयोगमा महिला मावन अधिकार रक्षक संञ्जाल उदयपुर, अम्बेर जनता मावि रजाबास र सामुदायीक रेडियो उदयपुरको समन्वयनमा बाल विवाह न्युनिकरण सम्बन्धी अन्तरक्रिया तथा नाटक प्रर्दशन गरि ७ औँ अन्तराष्टिू किशोरी विदव मनाएको आयाेजक युवा महिला नेतृत्व समूह उदयपुरका अध्यक्ष अप्सरासमाल मगरले बताइन् ।
वडालाई मात्र नभएर सिङ्गो जिल्लालाई बाल विवाह मुक्त जिल्ला बनाउन सवै पक्षको महत्वपूर्ण भुमिका रहने र कुनै संघ सस्था निकायले मात्र सम्भव नभएकोले पहिले समाजका मानिसहरु परिर्वतन हुन जरुरी रहेको त्रिनपा उपमेयर देवी कुमार चौधरीले बताए ।
समाजको एक जटिल समस्याको रुपमा खडा भएको बाल विवाह न्युनिकरण गर्नको निम्ति दिवसको अवसर पारेर बाल विवाह विरुद्धको नाटक प्रर्दशन गरेको मगरले बताए ।
बालबालिका तथा किशोरीहरुलाई बलत्कार र बाल विवाहका घटना आफन्तबाट नै घट्ने गरेको पाईन्छ । दिवसको अवसर पारेर बढ्दो बलत्कारका घटना र वाल विवाह न्युनिकरण सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरेको मगरले बताए ।
कतिपय बाल विवाह न्युनिकरणमा जनचेतनाको कमिले हुने गरेको पाईन्छ भने कतिपय शिक्षीत परिवारमा पनि अन्धविश्वासको कारण बाल विवाह हुने गरेको पाईन्छ ।
आफ्नै परिवारले छोरा छोरीको विभेद गर्ने हुनाले पनि बाल विवाह न्युनिकरण नभएको सहभागिहरुको भनाई रहेका छन् ।