बेलबारी/ मोरङ जिल्लाको मुख्य श्रोतको रुपमा रहेको नदी जन्यपदार्थलाई उत्तरी मोरङका गाउँपालिका तथा नगरपालिकाले विक्री तथा निकासी करको ठेक्का लगाई सकेको छ ।
यस अघि खोलाहरुको जिल्ला विकास समिति मोरङले लगाउदै आएको थियो ।
प्राकृतिक श्रोत साधन माथिको अधिकार विकेन्द्रिकृत गरेसँगै स्थानीय तहहरुलाई नै खोला ठेक्का लगाउने अधिकार दिईएको हो ।
स्थानीय तहले मोरङका खोलाका ठेक्का लगाएको यो पहिलो हो ।
खोला ठेक्काको सन्दर्भमा केहि ठाउँमा विवाद भएको छ भने केहि स्थानमा ठेकेदारको मिलोमत्तो ठेक्का लागेको बुझिएको छ ।
उत्तरी मोरङको पाँचवटा स्थानीय तहमा गरि जम्मा ३५ करोड भन्दा बढी रकममा खोलाको ठेक्का लागेको छ ।
उक्त रकम जिल्ला विकास समिति मोरङले लगाएको खोला ठेक्का भन्दा बढी रकम हो ।
अघिल्लो आर्थिक वर्षको तथ्याङ्कमा जिल्ला विकास समितिमा खोलाको विक्री तथा निकासी कर जम्मा २८ करोडमा जिल्ला समन्वय समितिका सभापति नरेश पोख्रेलले बताएका छन् ।
मोरङको केराबारी गाउँपालिकाको लोहोन्द्रा ,मुगु र हुर्रहुरे खोलाको विक्री तथा निकासीकरका लागि १६ करोड ८० लाखमा लागेको गाउँपालिकाका प्रवक्ता जंग भुजेलले बताएका छन् ।
पूर्वाञ्चल क्रशर उद्योगका ठेकेदार शारदा ढकालको नाममा परेको ठेक्का सम्झौता भने भएको छैन ।
उक्त ठेक्का अहिले सम्झौता भईनसकेको कारण दोश्रो कवोलमा झर्ने संभावना रहेको छ । तर त्यसो हुँदा पनि धरौटी पच गरेर गाउँपालिकालाई जम्मा २९ लाख घाटा रहने देखिएको छ ।
त्यसैगरी सुन्दरहरैंचाको गछिया खोलाको निकासी ६ करोड ३१ लाख ५० हजारमा ठेक्का नगरका अधिकृत राजेन्द्र भट्टराईले बताएका छन् ।
उर्लाबारी नगरपालिकाले त्यहाँका खोला ३ करोड ५६ लाखमा ठेक्का लागेर सम्झौता भईसकेको नगरका प्रवक्ता भानुभक्त शर्माले बताएका छन् ।
उर्लाबारीमा ठेक्काको फर्म दर्ताको विषयमा विवाद समेत भएको थियो ।
गोविन्द भट्टराईको नाममा परेको उर्लाबारीको खोला ठेक्काको सम्झौता ठेकेदारले गरिसकेका छन् ।
त्यसैगरी लेटाङ नगरपालिकाको चिसाङ र जाँतेको खोला ४ करोड ७ लाखमा ईटहरी २ का श्री मनोकामना विनिताश्री कम्पनीले पारेको छ ।
न्युनतम ठेक्का रकम भन्दा दुई लाख मात्र बढी रकममा ठेक्का पारिएको बुझिएको छ ।
बेलबारीको लोहोन्द्रा र चिसाङ खोला २ करोड ८८ लाख १५ हजारमा ठेक्का लागेको नगरापालिकाले जनाएको छ ।
नगरपालिकाले तोकेको न्युनतम रकम भन्दा १० हजार मात्र बढेर बेलबारीको खोलामा भने ठेक्का लागेको छ ।
त्यसैगरी मिक्लाजुङ गाउँपालिकामा रहेको नुनसरी,बक्राहा लगायतका खोलाको ठेक्कामा पहिलो हुनेले ७ करोड ५० लाख कबोल गरेका थिए ।
पहिलो र दोश्रो दुवैले सम्झौता नगरेपछि अहिले तेश्रोमा झर्ने संभावना रहेको बुझिएको छ । तश्रो हुने ठेकेदारले ५ करोड ४० लाख कवोल गरेको बुझिएको छ ।