इटहरी/ छैठपर्व सेवा समिति इटहरीले बूढीखोलाको किनारमा सूर्य देवताको मन्दिर निर्माण गर्ने भएको छ ।

खोलाको पूर्वीतटमा एक कठ्ठा जमिनमा करिब २५ लाखको लागतमा मन्दिर निर्माण गर्ने भएको हो ।

बुधबार छैठपर्व सेवा समितिका अध्यक्ष राजु रायले मन्दिर निर्माणस्थलको शिलान्यास गरे । मन्दिरमा सूर्य देवताको फाइबरयुक्त मूर्ति राखिनेछ ।

समितिलाई राधाकृष्ण मुक्ति साधना प्रतिष्ठानले जग्गा उपलब्ध गराएको हो ।

एक महिनाभित्र मन्दिर निर्माण सम्पन्न गर्ने समितिका संरक्षक हीरा महतोले जानकारी दिए ।