पाँचथर / मानवअधिकार तथा शान्ति समाज पाँचथरको १६ औं साधारणसभा तथा सातौँ अधिवेशन बुधबार फिदिममा सम्पन्न भएको छ ।

अधिवेशनले भूपेन्द्र भण्डारीको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपसभापतिमा टीकाराम राई, सचिव टङ्क पौडेल, सह–सचिव नरेन्द्र रिमाल र कोषाध्यक्ष गीता राई निर्वाचित भए ।

समितिमा चार सदस्य भने पछि मनोनित गरिने बताइएको छ ।

अधिवेशनको उद्घाटन फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङ र मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सदस्य चन्द्रकुमार आङ्देम्बेले गरेका थिए ।